जेनजी आन्दोलनमा घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोल्हवी न्यूज
२०८२ भाद्र २३, सोमबार १६:२७ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेहरूलाई कुनै शुल्क नलाग्ने गरी उपचारको व्यवस्था गर्न आग्रह गरेका छन्।

साथै, मन्त्रालयले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने र आवश्यक स्थानमा सहज उपलब्ध गराउने निर्देशन पनि दिएको छ। काठमाडौँ उपत्यकामा अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा सजिलै लैजान एम्बुलेन्स सञ्जाललाई सुदृढ बनाउने कार्यमा ध्यान दिन समेत भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*