प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री साह

कोल्हवी न्यूज
२०७८ आश्विन २२, शुक्रबार १८:२२ गते

प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री शैलेन्द्र साहलाई तोकिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री रहँदै आएका थिए । प्रवक्ता तोकिएका मन्त्री साह शुरुमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए । केही दिनअघि उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने पनि निर्णय गरेको छ । प्रदेशसभाको सातौं अधिवेशन असोज २० गते शुरु भएको थियो । यो अधिवेशन अन्तर्गत दुईवटा बैठक मात्रै बसेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन अधिवेशन बोलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*