भत्किएको पुल मर्मत गर्न जीतपुर–सिमिरा उपमहानगरका जनप्रतीनिध उदासिन
बाराको कच्चि सडक तथा पुल पुलेसा मर्मत नहुँदा स्थानीयवासी समस्या खेप्न बाध्य भएका छन् । जील्लाको जीतपुर–सिमिरा उपमहानगरपालीका वडा न। १५ र १३ लाई जोड्ने सडक खण्डमा पर्ने एक पुल हप्तौदेखि भत्किएर अलपत्र परेको भएपनि मर्मत सँभार नहुदा दुर्घटनाको जोखिमसमेत बढेको छ ।
नजीकै रहेको डुमरवाना दुग्ध उद्पादक सहकारी संस्थाले समेत ध्यान नदिदा सो सडक भएर आवागमन गर्ने यात्रुहरु दुर्र्घटनाको उच्च जोखीममा परेका छन ।
पढ्नका लागी आवत जावत गर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गर्ने स्थानीयलाई आवागमनमा समस्या हुनुकासाथै दुर्र्घटनाको जोखिम बढेको भन्दै फत्तेपुरका स्थानीय शान्तामणी अर्यालले जनप्रतीनिधको ध्यानाकर्षण गराउनु भएको छ ।
सडक मर्मत सम्भारको विषयमा भने सरोकारवाला निकाय तथा जनप्रतीनिधी भने मौन देखिएका छन् । पुल मर्मतका लागी आफुहरुले पटक–पटक ताकेता गर्दापनि जनप्रतीनिधीले खास्सै चासो नदिएको स्थानीय शान्तामणी अर्यालले गुनासो गर्नुभएको छ । बाराखबरबाट









