वीरगञ्जको सिरसिया निवासी नेपाल वायु सेवा निगमका पूर्वअध्यक्षको शब फेला

कोल्हवी न्यूज
२०७८ आश्विन २२, शुक्रबार ०६:३२ गते

वीरगञ्जको सिरसिया ड्राइपोर्ट निवासी नेपाल वायु सेवा निगमनका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीको शब फेला परेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ बुलबुलेमा निर्माणाधिन घरको अगाडी चर्तुवेदीको शब फेला परेको हो । ‘नजिकै रहेको सिसी टिभी फुटेजमा उनी माथी गएको र झरेको कैद भएको छ’, काठमाण्डौका काठमाडौं प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले भने ।

घरको चार तला माथीबाट चर्तुवेदीले हाम फालेको हुन सक्ने एसएसपी सिँहको अनुमान छ । प्रहरीका अनुसार चर्तुवेदी डिप्रेशनबाट समेत ग्रसित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*