रौतहटको सिरसिया सडक खण्डमा सुटकेशभित्र महिलाको शव फेला प्रहरीले अनुसन्धान गर्दै

कोल्हवी न्यूज
२०८२ भाद्र ८, आईतवार ०७:२२ गते

रौतहट:गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आज एक सुटकेशभित्र महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको छ। शबमा साडी छिरिएको देखिएकाले महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*