बालुवाटारमा देउवा र पौडेलबीच चर्काचर्की, क्रियाशील विवाद टुङ्ग्याउन निर्देशन
कांग्रेसको क्रियाशील सदस्यताका विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बालेवाटारमा देउवा र पौडेलबीच चर्काचर्की भएको हो ।
रौतहट र सर्लाही बरहथवाको क्रियाशील सदस्यता विवादमा पौडेल र प्रकासशमान सिंहको देउवासँग चर्कोचर्की भएको थियो ।
सर्लाही र रौतहट दुवै ठाँउमा कार्यकर्ता अनशनमा छन् । विवाद सकेर अनशन टुङ्गो लगाएर उनीहरूलाई दसैँ मान्न दिनुपर्छ एक नेताले भने,चिसो छिडीमा बसेर बिरामी परे अब अस्पताल लैजानुस् भन्नुभयो । त्यसपछि पौडेल, सिंह र कोइरालाले प्रतिपाद गर्नुभयो र सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो रु भन्दै प्रश्न गर्नुभयो ।
सिंहले राजनीतिक मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ भन्दै देउवालाई प्रश्न गरेको ती नेताले बताए ।ती नेताकाअनुसार नेताहरू प्रतिवादमा उत्रिएपछि देउवाले झगडा गरेर चाहिँ समाधान हुन्छ त भन्दै जवाफ दिएका थिए । त्यसपछि देउवाले पार्टीका मुख्यसचिव कृष्णप्साद पौडेललाई बोलाएर कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समतिलिाई बोलाएर भोलिसम्म विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।









