मुख्यमन्त्री राउतलाई दुई तिहाइकाे समर्थन

कोल्हवी न्यूज
२०७८ आश्विन २०, बुधबार २०:१७ गते

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज बुधवार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभामा रहेका एक सय चार जना सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गर्नुभएको हो । जनता समाजवादी पार्टी जसपा विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुभएको हो ।

उहाँलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् । उहाँको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदको गरी २३ मत परेको छ । मतदानमा एक सय जना सांसद सहभागी भएका थिए । उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*