कहिल्यै ठिक नहुने यस्तो गम्भिर रोगबाट पीडित छिन् अभिनेत्री यमी गौतम, आफैले गरिन् खुलासा

कोल्हवी न्यूज
२०७८ आश्विन २०, बुधबार ०६:१७ गते

बलिउडकी चर्चित अभिनेत्री हुन् यमी गौतम । पछिल्लो समय नयाँ फिल्म भूत पुलिसका कारण चर्चामा आएकी यमीबारे यक नयाँ खुलासा भएको छ । भारतिय मिडियाका अनुसार उनी एक गम्भिर रोगबाट पीडित छिन् ।
आफु छालासम्बन्धी समस्यासँग जुधिरहेको बारे यमी आफैले सबैलाई जानकारी गराएकी छिन् । उनले आफू वर्षौदेखि कहिल्यै ठिक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी पीडित रहेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै लेखेकी छिन् : मेरो इन्स्टा परिवारलाई नमस्कार । मैले हालै फोटो सेसन गराएँ । ती फोटाहरूमा मेरो स्क्रिन प्रोब्लम ‘केराटोसिस पिलारिस’ लाई लुकाउन पोस्ट प्रोडक्सनमा पठाउनु थियो, त्यतिबेला मैले सोचें, यमी तँ सत्यलाई किन स्वीकादिनेस् रु जसलाई यो समस्याबारे थाहा छैन, म बताउँछु कि यो रोग लागेपछि स्क्रिनमा छोटाछोटा दाना पलाउँछन् । म त्यही समस्याबाट पीडित छु ।’

उनले आफूलाई यो समस्या टिनएजबाटै सुरु भएको र यसको अहिलेसम्म कुनै उपचार नभएको पनि बताएकी छिन् । उनले यो समस्या आफुले धेरै समयदेखि झेलिरहेको बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*