निजगढमा बृहत सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
निजगढमा मंगलबार लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिस, ईलाका प्रहरी कार्यलय निजगढ, मेची महाकाली बुहारी सयुक्त आवाजको आयोजना तथा निजगढ नगरपालिकाको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृहत सरसफाइ कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
ईलाका प्रहरी कार्यलय निजगढदेखी बुद्ध चोक सम्म रहेको मेन रोड सरसफाइ गरेका थिए । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर निजगढ बनाउनका निम्ती सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ र लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रन्जन लामिछानेले बताए ।
फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई पोउमनपाको नियमानसार कारवाही गर्ने ईलाका प्रहरी कार्यलय निगजढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले बताए ।
कार्यक्रममा निजगढ नगरपलिका वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बझगाई, ८ का वडा अध्यक्ष टेक बहादुर लामा, ९ का वडा अध्यक्ष सुदर्शन प्रसाद बडाल, निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष राम कृष्ण नेपाल लगाएतको उपस्तिथी रहेको थियो । सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी नगरपालिकाको २ वटा ट्रयाक्टरले उठाएको सघाएको थियो ।









