निजगढबाट लागुऔषध सहित ४ जना पक्राउ
ईलाका प्रहरी कार्यालय निजगढले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ७ माझिटोल बस्ने २८ वर्षीय लोक बहादुर रानामगर, ३१ वर्षीय रबि तमाङ, वडा नम्बर ६ बस्ने ३४ वर्षीय दिनेश थापा र ४५ वर्षीय मेघराज तिमल्सिना रहेका छन ।
प्रहरीले माझिटोलमा लागुऔषधको कारोबार भईरहेको विशेष सूचनाको आधारमा सोमबार साझ ६ बजे ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले माझिटोल स्थित लोक बहादुर रानामगरको घरमा छापा हान्दा नुरफिन ८४ पिस, डाइजोपाम ८४ पिस, फिनारगन ८४ पिस र खैरो हिरोइन १ ग्राम २० मिल्लीग्राम लागुऔषध सहित पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।
पक्राउ परेका विरुद्ध लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट म्याद थपका निम्ती प्रकृया गर्दै गरेको र थप अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यलय निजगढले जनाएको छ ।