बाराका ४६९ विद्यालयले आइईएमआइएसमा अद्यावधिक गराएनन्

कोल्हवी न्यूज
२०७८ आश्विन २०, बुधबार ०५:५५ गते

बाराका ४ सय ६९ वटा विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) अद्यावधिक नगरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ९आइईएमआइएस० अद्यावधिक नगर्ने विद्यालयको सूची सार्वजनिक गरेपछि यसको खुलासा भएको हो ।

केन्द्रले सबै विद्यालयलाई आइईएमआइएस अद्यावधिक गर्न पटक पटक सूचित गर्दै आए पनि विद्यालयले अद्यावधिक नगरेपछि विद्यालयको नामावली सार्वजनिक गरेको हो । ती मध्य बाराको १६ वटा पालीका भित्र संचालनमा रहेका ४६९ निजी तथा सामुदायीक विद्यालयले आइईएमआइएस० अद्यावधिक नगरेका हुन् ।

जसमध्य सबैभन्दा धेरै जीतपुर–सिमरा उपमहानगरपालीका भित्र संचालीत निजी तथा सामुदायीक विद्यालयल गरी १०४ वटा विद्यालयले आइईएमआइएस अद्यावधिक गरेका छैनन् । यसैगरी सबैभन्दा कम बिश्रामपुर गाउँपालीका भित्रका १० वटा विद्यालयले आइईएमआइएस अद्यावधिक गरेका छैनन् ।

यसैबीच केन्द्रमा विद्यालयले विवरण पठाउन नसकेकाले विवरण अद्यावधिक गर्न बाँकी रहेका विद्यालयलाई सहजीकरण गर्न सबै स्थानीय तहलाई निर्देशनसमेत दिइएको छ ।

साथै निर्धारित समयभित्र विवरण अद्यावधिक नगर्ने विद्यालयहरुको विवरण योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न नसकिने र त्यसबाट विद्यालयले प्राप्त गर्ने अनुदान वा सुविधाबाट विद्यालय र छात्रवृत्तिलगायतका सेवा सुविधाबाट विद्यार्थी वञ्चित हुन गएको अवस्थामा सोको जिम्मेवार सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुने चेतावनी सूचनामा दिइएको छ ।

आवश्यक समन्वय एवम् सहजीकरण गर्न केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । सार्वजनिक भएका विद्यालय बाहेक अन्य विद्यालय सञ्चालनमा भए नभएको विवरण पेस गर्न केन्द्रले सबै स्थानीय तहलाई सूचित गरेको छ । बाराखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*