२ दिन मै रिहा भए मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अभियुक्त

कोल्हवी न्यूज
२०७८ आश्विन २०, बुधबार ०५:५२

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अभियुक्त सम्साद मियाँ २ दिन मै रिहा भएका छन् । मियाँ पक्राउ परेको पर्सा जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसला अनुसार १ वर्षको कैद सजाय तोकिएका सम्साद बाँकी ५ महिना १६ दिनको कैद भुक्तान नै नगरी पक्राउ परेको २ दिन मै रिहा भएका हुन् ।

बालसुधार गृहमा ६ महिना १४ दिन मात्र बसेका सम्सादलाई अदालतको आदेशमा प्रहरीले असोज १५ मा रिहा ग¥यो । अदालतको फैसलापछि फरार रहेका सम्सादलाई प्रहरीले बाँकी ५ महिना १६ दिनको कैद भुक्तानका लागि यही असोज १३ गते उनकै घरबाट पक्राउ गरेको थियो । भोलिपल्ट असोज १४ गते प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो ।

तर, अदालतले प्रतिवादी सम्सादले अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्न पाउने म्याद ९७० दिन० बाँकी रहेको भन्दै छोड्न आदेश दिएपछि पर्सा प्रहरीले उनलाई असोज १५ गते साँझ रिहा गरेको हो । तर, पछिल्लो पटक पक्राउ परी थुनामा बसेको २ दिनमै अदालतले सम्सादलाई प्रहरी थुनामा राख्न नपर्ने भन्दै प्रहरीलाई आदेश दिएपछि उनी रिहा भएका हुन् । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले असोज १३ मा पक्राउ परेका सम्साद अदालतकै आदेशमा असोज १५ गते रिहा भएको बताए ।

२०७६ भदौ २० गते मुस्कानमाथि मजिद मियाँसँग मिलेर सम्सादले नै मुस्कानमाथि एसिड प्रहार गरेका थिए । घटना भए लगत्तै पक्राउ परेका दुवै नाबालक देखिएकाले अदालतले दुवैलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*