साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

कोल्हवी न्यूज
२०७८ आश्विन १९, मंगलवार ०५:३९ गते

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रोपटक जित हासिल गरेको छ। माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले हराएको हो।

सुरुमा खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई अग्रता दिलाएका थिए। त्यसपछि ५१औं मिनेटमा अञ्जन विष्टले अर्को गोल थपे। खेलको ५७औं मिनेटमा भने श्रीलंकाका माभिन हमिल्टनले नेपालविरुद्ध एक गरे। जसले गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो।

तर आयुष घलानले ८५औं मिनेटमा अर्को गोल थपेपछि भने नेपाल ३(२ गोलअन्तरमा विजयी भएको हो। यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० ले जितेको थियो। दोस्रो जितसँगै २ खेलमा ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ।

अहिजे जारी साफ च्याम्पियनसिपमा श्रीलंकाको भने यो दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले हारेको थियो। सन् १९८४ देखि यता श्रीलंकाविरुद्ध नेपालको यो चौथो जित हो। यस अवधिमा भएका १७ खेलमा यसअघि नेपालले श्रीलंकालाई तीनपटक मात्र हराएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*