प्रदेश २ का मुख्यमन्त्रीको लागि जात्रा: जसपा बचाउ गर्ने, लोसपा राजीनामा माग गर्ने

कोल्हवी न्यूज
२०७८ आश्विन १८, सोमबार २१:३९ गते

प्रदेश २ का मुख्यमन्त्री राउतको पक्षा र बिपक्षमा हुने जात्राले प्रदेश २ चर्चा पाएको छ । अख्तियारले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले मसाल जुलुस र विरोध प्रदर्शन गरेको छ भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।

लोसपाको प्रदेश २ संसदीय दलको बैठकले राउतको राजीनामा माग्ने निर्णय गरेको दलका नेता जितेन्द्र सोनलले बताए ।
ुमुख्यमन्त्री राउतले प्रदेशमा अनियमितता गरेको आरोप खेपिरहनुभएको छ । अख्तियारले समेत छापा मारेको अवस्थामा उहाँले स्वतस् राजीनामा दिनुपर्छ । उहाँले नैतिकता नदेखाए हामी राजीनामाको माग गर्छौँु, उनले भने ।
प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको लोसपाको निष्कर्ष छ । २० असोजमा बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने सोनलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*