महाधिवेशन आईसक्यो तर कमल थापालाई अध्यक्ष जित्न धौ धौ
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आगामी कात्तिक २७ देखि ३०गतेसम्म हुँदै छ ।
महाधिवेशन आउन एक महिना हुनै लाग्दा राप्रपाको महाधिवेशनबारेमा त्यति चर्चा छैन । राप्रपामा आबद्ध कार्यकर्ताका अनुसार यस पटक कमल थापालाई अध्यक्षमा चुनाव जित्न धेरै नै कठिन छ ।
एक कार्यकर्ता भन्छन्, थापाको विरुद्ध पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी मात्र नभई नेपालगन्जका धबलशमसेर राणा तथा झापाका राजेन्द्र लिङदेन पनि एक ठाउँमा उभिने अवस्था आएको छ ।
यद्यपि अहिलेसम्म अध्यक्ष पदमा ६ जनाले इच्छा देखाएका छन् । थापा, राणा, लोहनी, धवलशमसेर, लिङदेन र जगत गौचनले अध्यक्षमा उठ्ने चासो देखाएका छन् । अध्यक्ष पदमा सहमति हुन नसके आफू पनि चुनाव लड्ने इच्छा गौचनले कार्यकर्ताहरूसँग देखाउने गरेका छन् ।
राप्रपाका एक नेता भन्छन्, राप्रपाका अध्यक्ष थापाको भूमिकाप्रति अहिले पार्टीका धेरैजसो नेताहरूलाई चित्त बुझेको छैन । त्यसैले यस पटक थापालाई हराउनु पर्छ भन्ने मत बढ्दै गएको छ । त्यसो त, पछिल्लो समयमा थापा एमाले अध्यक्ष कमल थापासँग धेरै निकट हुन थालेका छन् । हरेक मुद्दामा थापाले ओलीको बचाउ गर्ने गरेका छन्। ‘
एकता महाधिवेशन हुनु अघि नै पार्टीभित्र गम्भीर विवाद सिर्जना भएको छ । पछिल्लो समय राप्रपाका केन्द्रीय तहका नेताहरूको पार्टी छाड्ने क्रम जारी छ । पार्टी छाड्नेहरू मध्ये अधिकांश राप्रपा अध्यक्ष थापासँग चिढिएका छन् । हाम्रोकुराको सहयोगमा









