एमालेको आलोचनामै बित्यो नेपाल दलित मुक्ति संगठन कर्णाली प्रदेश कमिटीको विस्तारित बैठक

कोल्हवी न्यूज
२०७८ आश्विन १८, सोमबार २१:२४ गते

नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन नेपाल दलित मुक्ति संगठनको कर्णाली प्रदेश कमिटीको विस्तारित बैठक सोमबार सम्पन्न भएको छ। बैठकले नीमबहादुर नेपालीको अध्यक्षतामा संगठनको १५१ सदस्यीय प्रदेश कमिटी पुनर्गठन गरेको छ।

नेकपा एमाले विभाजन भएसँगै यसको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज पनि फुटेर नेपाल दलित मुक्ति संगठन बनेको हो। जसको केन्द्रीय अध्यक्ष गणेश विश्वकर्मा हुन्। विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न संगठनको कर्णाली प्रदेश कमिटीको विस्तारित बैठकले कर्णालीका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा तीन महिने संगठन पुनर्गठन एवं पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

सुर्खेतमा भएको बैठकले त्यसका लागि प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र स्थानीय तह इन्चार्ज तोकेको छ। एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष विश्वकर्माले ललितपुरमा हालै सम्पन्न एमालेको विधान महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिँदै यसले केपी ओलीको देवत्वकरण गरेको आरोप लगाए। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*