धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ

कोल्हवी न्यूज
२०८२ असार ३१, मंगलवार १४:५२ गते

धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार भारतीय नम्बरप्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ । सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*