जीतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कोल्हवी न्यूज
२०७८ आश्विन १८, सोमबार २१:१२

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर बाराको जीतपुरमा बिहिवार बिहान एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरका ३४ वर्षीय सर्फुदीन अंसारीको करेन्ट लागेर् मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते बनेका अंसारीलाई उपचारका लागि बिरगंज लैजाने क्रमा बिच बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव निरिक्षक रोशन अधिकारीले बताए।

बनाउँदै गरेको आफ्नैं घरको जकमा पानी हाल्नको लागि मोटर चलाउँन खोज्दा करेन्ट लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*