बार्सिलोनालाई गम्भीर धक्का, एथ्लेटिको मड्रिडको शानदार जित

कोल्हवी न्यूज
२०७८ आश्विन १७, आईतवार ०८:५७ गते

स्पेनिस ला लिगा फुटबलमा संघर्षरत बार्सिलोनाले खराब प्रदर्शनको क्रम जारी राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्ड कोम्यानको टिम बार्सिलोना साबिक विजेता एथ्लेटिको मड्रिडसँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले बार्सिलोनामाथि २–० को जित दर्ता गरेको हो । मड्रिडको जितमा २३ औँ मिनेटमा थोमस लेमार र ४४ औँ मिनेटमा लुइस स्वारेजले गोल गरे ।

जितपछि दोस्रो स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडले शीर्ष स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । उसको ८ खेलबाट १७ अंक भएको छ भने एक खेल कम खेलेको रियल मड्रिडको पनि १७ अंक नै छ । पराजित भएको बार्सिलोना सात खेलबाट १२ अंकसहित नवौँ स्थानमा छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा ओसासुनाले रायो भालेकानो तथा मालोर्काले लेभान्टेलाई समान १–० ले पराजित गर्दा काडिज र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*