स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक चिनियाँ नागरिक पक्राउ

कोल्हवी न्यूज
२०८२ असार २४, मंगलवार १६:२८ गते

 स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियन रहेका छन्।

काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँबस्तीस्थित भाडाको घरमा बस्दै आएका वाङको कोठाबाट १ करोड ४४ लाख रुपैयाँ नगद बरामद गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। वाङसंग फेला परेको नगद रकमको स्रोत खुल्न नसकेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र उक्त रकम कहाँबाट आएको र कुन प्रयोजनका लागि राखिएको भन्नेबारे वाङसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*