हुन्डी कारोबार गर्ने मोतिहारीका विक्रम, मुकेश र पर्साका बलिराम १५ लाख सहित पक्राउ

कोल्हवी न्यूज
२०७८ आश्विन १७, आईतवार ०८:५०

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भारतबाट भित्र्याइएको श्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँसहित कारोबारमा संलग्न २ भारतीय नागरिक सहित ३ जना लाई पक्राउ गरेको छ ।

वीरगञ्जको छपकैया सिर्सियामा अवैध हुन्डी कारोबार हुँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया छोटी भन्सार अगाडिबाट भारतबाट आउँदै गरेको अवस्थामा ३ वटा मोटर साइकलमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा हेलमेट भित्र लुकाइछिपाई ल्याएको अवस्थामा श्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

प्रहरीले ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल सहित भारत पूर्वी चम्पारण बसतपुर निवासी २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना भेलाही निवासी २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर निवासी २३ वर्षीय बलिराम पटेललाई पक्राउ गरेको र अभियुक्तहरूलाई बैङ्क तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइएको डिएसपी खनालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*