नागा र सामन्थाले गरे अलग हुने निर्णय

कोल्हवी न्यूज
२०७८ आश्विन १७, आईतवार ०८:४४ गते

विगत केही समयदेखि साउथ सुपरस्टार नागा चैतन्य र उनकी श्रीमती तथा साउथ अभिनेत्री समान्था अक्किनैनीबीच डिभोर्सको खबर लगातार रुपमा आइरहेको छ । यसबीच, समान्थाले शनिवार एक आधिकारिक बयान जारी गर्दै आफूहरुबीच डिभोर्स हुन लागेको कुरामा लालमोहर लगाएकी छन् । उनले प्रशंसक र मिडियाकर्मीसँग यो विषयमा प्राइभेसी दिन पनि आग्रह गरेकी छन् ।

उनले इन्स्टामा लेखेकी छन्, ‘हाम्रा सबै शुभचिन्तकका लागि कयौं विचार विमर्शपछि म र चाई ९नागा चैतन्य० ले पति(पत्नीको रुपमा अलग हुने निर्णय गरेका छौं । हामी भाग्यशाली छौं कि एक दशकभन्दा लामो मित्रता हाम्रो सम्बन्धको मुल हिस्सा थियो र हामीलाई विश्वास छ कि हामीबीच सधैं एक विशेष सम्बन्ध रहनेछ ।’ नागासँग उनको गएको चार वर्ष अगाडि विवाह भएको थियो ।

लामो समयदेखि उनीहरुको सम्बन्ध राम्रो नभएको खबर आइरहे पनि नागा र समान्थाले मौनता साँधेर बसेका थिए । डिभोर्सपछि जीवन चलाउन नागाको तर्फबाट समान्थालाई ५० करोड मिल्नेछ । उनीहरुले २०१७ अक्टूबर ६ मा १० करोड खर्च गरेर गोवामा विवाह गरेका थिए । विवाहअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए । तेलुगू इन्डस्ट्रीमा उनीहरुलाई ‘आदर्श जोडी’ भन्ने गरिन्थ्यो ।

सामन्था र नागाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’ सुटिङ सेटमा भएको थियो । यो जोडीले ‘मजिली, अटोनगर सूर्या, ये माया चेसावे’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् । फिल्ममा काम गर्ने समयमा उनीहरुबीच प्रेम अंकुराएको थियो । अहिले यी दुवैको फिल्मी करिअर उत्कर्षमा छ । नागा तेलुगू सुपरस्टार अक्किनेनी नागार्जुनका छोरा हुन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*