सप्तरीमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गयो
सप्तरीको कञ्चनरुप नगरपालिकामा यात्रुबाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।
महादेवपट्टीस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान सडक पार गर्दै गरेका कञ्चनरुप–२ का ८ वर्षीय आयन शेखलाई वीरगन्जबाट विराटनगरतर्फ जाँदै गरेको को.१ख.५४३८ नम्बरको बसले ठक्कर दिएको थियो। घटनास्थलमै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
दुर्घटनापछि बस र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ४५ वर्षीय मनोरथ पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









