चर्चित कलाकार ‘बल्छी धुर्बे’ ले गरे ‘गोबर गणेश’ काे औपचारिक घोषणा

कोल्हवी न्यूज
२०८२ असार १७, मंगलवार १२:२८ गते

टेलिसिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) अब फिचर फिल्म बनाउन लागेका छन्। उनले ‘गोबर गणेश’ फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका हुन्।

बल्छी धुर्बे फिल्म्सको प्रस्तुति रहने फिल्म आगामी माघ १ मा प्रदर्शन गर्ने पोस्टरमा उल्लेख छ। फिल्ममा अभिनेत्रीमा वर्षा शिवाकोटी अनुबन्धित भइसकेकी छन्।

अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानियाँ, माओत्से गुरूङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु) लगायत छन्।  यसको आधिकारिक घोषणा भएको छैन्। निर्देशक मरिचमानले कलाकार र प्राविधिकको नाम केही समयमा सार्वजनिक गर्ने बताएका छन्।

‘मेरी बास्सै’ बाट लोकप्रिय बनेका मरिचमानले निर्देशन गरेको टेलिसिरियलमा ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*