भारतीय गायिका नेहा कक्करसँग नेपाली गायक एकदेव लिम्बुको सहकार्य : ‘झिम झिम’
भारतीय गायिका नेहा कक्करसँग नेपाली गायक एकदेव लिम्बुको सहकार्य रहेको हिन्दी संस्करणको गीत ‘झिम झिम’ को भिडियो सार्वजनिक भएको छ ।
चार मिनेट नौ सेकेन्डको गीतमा हिन्दी र नेपाली भाषाको मिश्रण छ । नेहाले हिन्दीमा गाएकी छन् भने एकदेवले नेपाली संस्करण ‘झिमझिमाउने आँखा’ लाई नेपाली मै गाएका छन् ।
हिन्दी र नेपालीको म्यासअपले दुई भाषा, दुई कलाकारलाई जोडेको रुपमा बुझ्न सकिन्छ । गीतको भिडियोमा ऋत्भिक साहोर तथा प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन् ।
भव्य महलमा भैरहेको विवाहको सेटिङमा भिडियो छायांकन गरिएको छ । ‘झिमझिमाउने आँखा’ लिम्बुको ग्लोबल हिट गीत हो, जुन युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको थियो ।
यो गीत स्पोटीफाईमा भारतका ५० भाइरल गीतको सूचीमा थियो । यो गीतको नेपाली संस्करणको भिडियोमा एमटिभी स्प्लिट्सभिल्लाकी प्रतियोगी तथा कलाकार दिकिला शेर्पाले समेत अभिनय गरेकी थिइन् ।उक्त गीत प्लेडिएमएफबाट सार्वजनिक गरिएको हो । चार घण्टा अगाडि सार्वजनिक गरिएको उक्त गीतलाई अहिलेसम्म ८४ हजार भन्दा बढीले हेरिसकेका छन् ।
हिन्दी भिडियोमा भने भारतीय कलाकारहरुलाई चित्रण गरिएको देख्न सकिन्छ । एकदेव नेपालको युवापुस्तामा रुचाइएका नेपाली गायक हुन् ।










