बारा प्रहरीले कर्तव्य ज्यान र ठगी मुद्दामा फरार रहेका दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८२ असार ११, बुधबार १४:४२ गते

बारा प्रहरीले कर्तव्य ज्यान र ठगी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार फरार अभियुक्तहरूलाई मंगलबार विशेष प्रहरी टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कलैया उपमहानगरपालिका–१३ निवासी ४० वर्षीय गजेन्द्रप्रसाद यादवलाई बसतपुर प्रहरी चौकीबाट खटिएको टोलीले लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।

त्यस्तै, ठगी मुद्दामा फरार सुवर्ण गाउँपालिका–८ निवासी ५२ वर्षीय राजकुमार पण्डितलाई अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ। प्रहरीले फरार अभियुक्तको खोजी तथा नियन्त्रण अभियानलाई अझ सशक्त बनाउने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*