त्रिशुली नदीमा पुरुषको शव भेटियो

कोल्हवी न्यूज
२०७८ आश्विन १६, शनिबार १६:०२ गते

चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला परेको हो । उनको हालसम्म सनाखत भएको छैन ।

प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*