हेटौंडा-५ को ढुङ्गेधारालाई मकवानपुरको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने

कोल्हवी न्यूज
२०७८ आश्विन १६, शनिबार १५:५५ गते

मकवानपुरको धार्मिक पर्यटकीय स्थलको रुपमा हेटौंडा-५ को ढुङ्गेधारालाई विकास गरिने भएको छ । ढुङ्गेधाराको महत्त्वसहित दुर्गा देबिको दरबारको रुपमा विकास गरिने भएको हो ।

ढुङ्गेधारा पर्यटन बिकास मन्चको अध्यक्ष इशोर ढुङ्गानाले जिल्लाको नयाँ पर्यटकीय क्षेत्रको पहिचानसहित, हरेक उमेर समुहको लागि बस्ने, हिड्डुल गर्ने पार्क, ठुलो शिवको मुर्ती लगायत भौतिक संरचना निर्माण हुने बताए ।

अहिले ढुङ्गेधारा पर्यटकको गन्तब्य भएको भन्दै अध्यक्ष ढुङ्गानाले देश विदेशबाट पनि भक्तजन, पर्यटक आउने खालको संरचना बनाइने बताए । हेटौंडा-५ नम्बर वडा कार्यलयको सहयोगमा मन्दिरको पर्खाल, सिढी लगायतको काम भइरहेको छ ।

शनिबार ढुङ्गेधारा पर्यटन विकास मञ्चको आयोजनामा भएको वडादशैं, दिपावलि, नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा-५ का वडा अध्यक्ष राजेश बानियाँले वडाले सकेको सहयोग गर्ने बताए ।

यस्तै हेटौंडा उपमहानगरका मेयर हरिबोल महतले पर्यटकिय क्षेत्रको विकासमा उपमहानगरले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा ढुङ्गेधाराको विकासको लागि स्थानीयस्तरबाटै सहयोग जुटेको छ ।

नेपाली कांग्रेस हेटौंडा(५ कमिटीका कमल राईले सात हजार सात सय रुपैयाँ, भुतपुर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुधिर थापाले १५ हजार रुपैयाँ र शिव थापाले चार हजार एक सय रुपैयाँ ढुङ्गेधारा पर्यटन विकास मञ्चलाई सहयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*