मुख्यमन्त्री कार्यालयमा गरेको छापामारीविरुद्ध जसपाले मसाल जुलुस निकाल्ने

कोल्हवी न्यूज
२०७८ आश्विन १५, शुक्रबार २१:२२ गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा०ले प्रदर्शन गर्ने भएको छ । जसपाको प्रदेश समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मसाल जुलुस र विरोध प्रदर्शन गर्ने जनाएको छ ।

शनिबार प्रदेशका जिल्ला सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन र आइतबार बृहत विरोध प्रदर्शन गरिने जसपा प्रदेशका मुख्य सचिव शम्भु झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जसपाले अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले मुख्यमन्त्री कार्यालयमा गरिएको छापामारी गलत भएको बताएको छ ।

अख्तियारले गरेको छापामारीको जसपा केन्द्रीय समितिले पनि भत्र्सना गरिसकेको छ । गत १३ असोजमा अख्तियारको टोलीले छापा मार्दै ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*