प्रभु साह एमाले विधान महाधिवशेनमा सहभागी नहुने

कोल्हवी न्यूज
२०७८ आश्विन १५, शुक्रबार १३:०६ गते

एमालेको विधान महाधिवशेनमा नेता प्रभु साह सहभागी नहुने भएका छन्। एमालेलाई तत्कालीन नेकपाकै निरन्तरताका रुपमा अघि बढाउनुपर्ने आफ्नो माग अध्यक्ष केपी ओलीले सम्बोधन नगरेको कारण देखाउँदै साहसहित उनीनिकट कार्यकर्ताहरु महाधिवेशनमा सहभागी नहुने भएका हुन्।

केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर आफ्ना मागबारे जानकारी गराएका साहले शुक्रबार आफू निकट कार्यकर्तासँग छलफल गरेपछि दिउँसोदेखि सुरु हुन लागेको एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएका हुन्।

साहले अध्यक्ष ओलीसँग ८ बुँदे फरक मत राखेका छन्। उनी पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड(माधव समूह छाडेर मन्त्री बनेका थिए। देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*