संकटमा प्रदेश २ का मुख्यमन्त्री- अख्तियारले छापा हान्यो, विपक्षीले राजीनामा मागे
प्रदेश २ मा विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । हिजो बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि उनीहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका छन् । विपक्षी दलहरुले अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेपछि पदमा रहिरहन नमिल्ने भन्दै राजीनामा माग गरेका हुन् ।
राउतले भने अख्तियारको छापाप्रति कडा आलोचना गरेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा छापा मारेपछि उनले आपत्ति जनाएका हुन् । उक्त प्रदेशमा सञ्चालित ुमुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउु कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्न भनेर किनिएको साइकलको खरिदमा अनियमितताको शङ्का गर्दै अख्तियारले छापा मारेको थियो ।
अख्तियारका अधिकारीहरूले मुख्यमन्त्री कार्यालयबाट उक्त योजना सम्बन्धी कागजातहरू आफ्नो नियन्त्रणमा लिएका छन्। उनले त्यसलाई ूप्रदेश सरकारलाई बदनाम गर्ने षड्यन्त्रू को आरोप समेत लगाएका छन् ।
अख्तियारको टोली फर्केलगतै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर ूअख्तियारको कारबाही प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले प्रेरित रहेकोू बताए । उनले भने, ‘तरिका ठिक भएन। तपाईँ छानबिन गर्नुस् ।।। तपाईँले सजिलै फाइल लिन सक्नुहुन्छ। त्यसमा कमीकमजोरी छ भने त्यसमा को दोषी छ कारबाही गर्न सक्नुहुन्छ। म तरिकाप्रति आपत्ति जनाउँछु।’ सुत्रन्युजबाट










