कोल्हवीमा जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान
१५ असोज कोल्हवी । थारु जातिको महान पर्व जितिया पर्वको अवसरमा था.क.स.गाउँ इकाई कार्य समिती कोल्हवीको आयोजनामा प्रथम पटक शुभकामना आदानप्रदान कार्यक्रम १४ असोजमा सम्पन्न भएको छ ।
कार्यक्रममा सभापति रामबाबु चौधरी प्रमुख अतिथि कोल्हवी नगरपालिकाको उप प्रमुख सुनैना देवि थरुनि बिशिस्ट अतिथि कोल्हवी नगरपालिका वडा न.१ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी वडा न.३ का अध्यक्ष किशुन दयाल चौधरी ५ का बासु प्रसाद चौधरी ७ का बिरेन्द्र प्रसाद चौधरी तामागढी वन व्यवस्थापनका संयोजक रबिन्द्र पनुहर किशोरी चौधरी रामचन्द्र पनुहर हरिचन्द्र पनुहर जय श्रीराम चौधरी बैधनाथ चौधरी शिक्षक रतन चौधरी राम नाथ चौधरी राष्ट्रिय अनुसन्धान कोल्हवीका कृष्ण चौधरी जय प्रकाश चौधरी, संचारकर्मी लगायत सयौ जनाको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा शुभकामना मन्तव्य वडा . १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी ३ का किशुन दयाल चौधरी ५ का बासु चौधरी ७ का बिरेन्द्र चौधरी, रबिन्द्र पनुहर रतन चौधरी हरिचन्द्र पनुहर नन्देश्वर चौधरी जय श्रीराम चौधरी किशोरी चौधरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएकी सुनैना देबि थरुनिले आउदो दिनमा यो सस्थाको प्रगती र उन्नतिको कामना गर्दै अगामी दिनमा नगरपालिकाको तर्फबाट पूरा सहयोग गर्ने प्रतिबद्धता गर्दै जितिया पर्व खास गरि आ आफ्नो बालबच्चाको लामो आयुको कामनाको लागि गरिने व्रत हो र यो ब्रतको अवसरमा प्रदेस २ को सरकारले महिला बिदा समेत दिन थालेकोमा प्रदेश सरकारलाई धन्यवाद समेत दिनु भयो।
मन्तव्यको क्रममा वडा ७ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले थारु संग्रहालयको लागि रु ३ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यस्तै शुभकामना मन्तव्यकै क्रममा रतन चौधरीले जितिया पर्व के हो र यो कसरी शुरु भयो भन्ने कुरा व्यक्त गर्नुभयो ।कार्यक्रममा स्वागत मन्तव्य रबिन्द्र पनुहरले गर्नुभयो भने कार्यक्रम संचालन धिरेन्द्र पनुहरले गर्नुभएको थियोे ।









