माधव नेपालको स्वास्थ्यमा सुधार

कोल्हवी न्यूज
२०७८ आश्विन १४, बिहीबार ०९:२१ गते

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार देखिएको छ। स्वास्थ्यमा समस्या भएपछि बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका नेता नेपालको स्वास्थ्यमा आजबाट सुधार देखिएको उनको सचिवालयले जनाएको छ।

नेपाललाई ज्वरो आउनुका साथै खोकीसमेत लागेपछि अस्पताल भर्ना गरिएको हो। घरमै बस्दा गाह्रो भएपछि नेता नेपाललाई बुधबार दिउँसो अस्पताल भर्ना गरिएको थियो। उनलाई विगत चार दिनदेखि ज्वरो आइरहेको छ। आजबट भने उनको स्वास्थ्यमा सुधार आएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*