रक्सौलबाट खतरनाक हतियार सहित ५ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ जेष्ठ १९, सोमबार १६:४१ गते

 वीरगन्जकाे सीमासँग जोडिएको भारतको बिहार राज्यअन्तर्गत पर्ने रक्सौल क्षेत्रको हरपुर थानामा ठूलो आपराधिक घटना घटाउने योजनासहित जाँदै गरेका पाँच जना अपराधीलाई हतियारसहित पक्राउ गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हरपुर थाना प्रहरीको सक्रिय पहलमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित र खतरनाक हतियारहरू समेत बरामद गरिएको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले उनीहरूको नाम भने खुलाएको छैन ।

उनीहरूले गम्भीर आपराधिक गतिविधि गर्ने तयारी गरिरहेका बेला विशेष सूचनाको आधारमा प्रहरीको टोलीले सफलतापूर्वक उनीहरूलाई नियन्त्रणमा लिएको बुझिएको छ । हाल पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीले कारबाहीलाई सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षाको दृष्टिकोणले ठूलो सफलता मानेको छ । प्रहरीको कदमले रक्सौल–वीरगन्ज सीमा क्षेत्रमा आपराधिक गतिविधिमाथि अङ्कुश लगाउने विश्वास प्रहरी निकायले व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*