माधव नेपाल अस्पताल भर्ना

कोल्हवी न्यूज
२०७८ आश्विन १३, बुधबार २१:०३ गते

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार नेता नेपाललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई रुघा खोकी र ज्वरो आएको थियो । उनको ज्वरो बढेपछि अस्पताल लगिएको सचिवालयले जनाएको छ । उनमा कोरोनाभाइरस जस्तो लक्षण देखिए पनि रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

उनकी पत्नी गायत्रीलाई पनि नेपाललाई जस्तै लक्षण देखिएको छ । नेपाल विरामी भएपछि पार्टीको कामहरु उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतले व्यवस्थापन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*