प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

कोल्हवी न्यूज
२०७८ आश्विन १३, बुधबार २१:०१ गते

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बिहीबार बिहान १० बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएको देउवाको सचिवालयले जनाएको छ।

सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। यस अगाडि राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले सरकारलाई गतिरोध अन्त्यका लागि पहल गर्न रुलिङ गरेका थिए।

संघीय संसदमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा छन्।

एमालेले सभामुख अग्नी सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै ९ औँ अधिवेशनको संसद् बैठक निरन्तर अवरोध गर्दै आएको छ। सभामुखले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाही प्रक्रिया अगाडि नबढाएकोप्रति एमाले असन्तुष्ट छ।

एमालेले पार्टी विभाजन गराउन सभामुखले महत्वपूर्ण भूमिका खेलेको आरोप लगाउँदै आएको छ। यस अगाडि संसद्को अवरोध अन्त्यका लागि सभामुखले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेले बहिष्कार गरेको थियो। सभामुखसँगको विषय भएकाले एमालेसँग मात्र वार्ता गरे हुने र अरु दललाई राख्न नपर्ने जिकिर गर्दै बैठक बहिस्कार गरेको थियो। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*