माओवादी मकवानपुरका जिल्ला नेताहरु सहित विभिन्न पार्टी परित्याग गरी १८९ जना एमाले प्रवेश

कोल्हवी न्यूज
२०७८ आश्विन १३, बुधबार २०:५२ गते

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी मकवानपुरका जिल्ला नेताहरु सहित विभिन्न पार्टी परित्याग गर्दै १ सय ८९ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

आज भएको राष्ट्रिय युवा संघ नेपाल थाहानगरको अधिवेशनमा नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ८९ जना नेकपा एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा यसअघि नेकपा माओवादी केन्द्रको जिल्ला तहको नेतृत्वमा रहेकाहरु समेत छन् । एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको पार्टी तथा जनसंगठनको जिल्ला तहमा रहेका नारायण बल, संजिव बल, बबिता बल, राजेश गहतराज रहेका छन् ।

त्यसैगरी सोही पार्टीको क्षेत्रीय समतिमा रहेका कृष्ण बल, शान्ता बल, दर्जा पाख्रिन, दिलबहादुर पाख्रिन, हरिचन्द्र घलान, सिर्जना सिन्तान, आकाश थिङ, अनिल सुनार, विकास सुनार, अजय आलेमगर लगायत रहेका छन् । उनीहरुलाई हालै एमाओवादी छाडेर एमाले प्रवेश गरेकी नेतृ बरिना बलले एमालेमा भित्र्याएकी हुन् ।

स्वतन्त्र युवा समूह थाहानगरका अध्यक्ष सुमन रायमाझीको नेतृत्वमा ४३ जना युवाहरु पनि एमाले प्रवेश गरेका छन् । त्यस्तै चित्लाङका ६५ जना युवाहरु एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा यसअघिको स्थानीय तह निर्वाचनमा समाजवादीबाट वडा अध्यक्षको उमेदवारी दिएका समेत रहेका छन् ।

त्यस्तै साविक आग्राबाट माओवादी परित्याग गरी ४१ जना कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा वाइसिएलका युवा नेता लिलाबहादुर थिङसमेत छन् । उता थाहा– ११ र १२ बाट नेपाली काँग्रेस परित्याग गरी ६ जना एमाले प्रवेश गरेका छन् । वडा नम्बर १ र ३ बाट पनि केही व्यक्तिहरु एमाले प्रवेश गरेका छन् ।

उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेत,जिल्ला इन्चार्ज रामेश्वर राना, जिल्ला सचिव एकालाल श्रेष्ठ, नगर इन्चार्ज विष्णुप्रसाद ढकाल, नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, युवा संयोजक प्रदिप भट्ट लगायतले स्वागत गरेका थिए । खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*