कोल्हवीमा दोस्रो मेयर क्रिकेट कपको उद्घाटन

धिरेन्द्र पनुहर
२०७८ आश्विन १३, बुधबार २०:५१ गते

असोज १३, कोल्हवी । कोल्हवी युवा परिवारको आयोजनामा बाराको कोल्हवीमा एक कार्यक्रम बिच बुधबार दोस्रो मेयर क्रिकेट कपको उद्घाटन भएको छ।

कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी, अतिथिहरुमा कोल्हबी नगरपालिका वाड नं. १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, तामागडी वन ब्यस्थापन समितिको अध्यक्ष रबिन्द्र पनुहर, उधोग वाणिज्य संघ कोल्हवी शाखाका अध्यक्ष महेश कुमार साह अनुप दिपनी मा.वि. का प्राचार्य केवल प्रसाद चौधरी, नेकपा एमालेका जिल्ला सह–सचिव गोबिन्द पौडेल, समाजवादीका प्रतिनिधि हरिचन्द्र पनुहर, महिला नेत्री शुभद्रा धिमाल, सशस्त्र बेश कोल्हवीका हरिशरण सिलवाल, राष्ट्रिय अनुसन्धान कोल्हवीका कृष्ण चौधरी, पत्रकार र सयौं खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य रबिन्द्र पनुहर, गोबिन्द पौडेल, हरिचन्द्र पनुहर, केवल प्रसाद चौधरी, महेश साह, शुभद्रा धिमाल लगायतले राखेका थिए। कार्यक्रमको सभापतिमा आयोजक परिवारका सुजन अधिकारी रहनु भयेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*