चीनको अटो निर्माता कम्पनी गिलेले शुरु गर्यो स्मार्टफोन व्यवसाय
२०७८ आश्विन १२, मंगलवार २१:०५ गते
चिनियाँ अटो निर्माता कम्पनी गिले होल्डिङले स्मार्टफोन व्यवसायमा हात हालेको छ । गिलेका संस्थापक एरिक लिले स्थापना गरेको हुपेई सिङचीशिताई टेक्नोलोजी कम्पनी लिमिटेडले वुहान आर्थिक तथा प्राविधिक विकास क्षेत्रसँग मोबाइल फोन बनाउन रणनीतिक साझेदारी सम्झौता गरेको हो ।
कम्पनीको मुख्यालय वुहानमा रहने छ । यसले विश्वव्यापी प्रविधि र संशाधनको प्रयोग गरेर विश्वभरको उपभोक्ताहरुको माग पूरा गर्न स्मार्टफोन समेतको प्रिमियम स्मार्ट उपकरणहरु बनाउने एक विज्ञप्तिमा गिलेले भनेको छ ।एजेन्सी









