पौडी खेल्न नजान्दा कार्कीले गुमाए ज्यान
१२ असोज, कोल्हवी/बाराको जितपुर सिमरा उपमहानगरपालिका १५ डुमरवानाको बेङाइ खोलामा पौडी खेल्न गएका एकजानाले पौडी खेल्न नजानेर ज्यान गुमाएका छ्न।
मंगलबार बिहान ११ बजे पौडी खेल्ने क्रममा जितपुर सिमारा उपमहानगरपालिका १ का ४३ बर्षिय भगवान काजी कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी उपरीक्षक मनजित कुवरले कोल्हबी न्युजलाइ जानकारी दिएका छन।
डुमरवानाको बेङाइ पुलमा स्थानीय कृषकहरुको खेतमा सिचाइकोलागी करिब ३० बर्ष पहिले नै बनाइएको पक्की बाँधमा यसअघि पनि ३ जाना बालबालिका र एक जाना ३० बर्षका व्यक्तिको ज्यान गइसकेको छ। सो बाँधमा पौडी खेल्ने क्रममा मानिसको मृत्यु भए पछि पौडी खेल्न रोक लगाए पनि मंगलबार फेरि थप एकजानाको मृत्यु भएपछी स्थानिय त्रसित छ्न।
कार्की सहित अन्य दुई जना सिमराबाट अटो रिजर्भगरी सो स्थानमा पौडी खेल्न गएका थिए भने अन्य दुई भने सकुशल रहेको प्रहरीले जनाएको छ।