अध्यादेश खारेजीमा एमालेको प्रतिक्रिया : अलोकतान्त्रिक शासनको भद्दा रुप

कोल्हवी न्यूज
२०७८ आश्विन १२, मंगलवार ०७:१२ गते

प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो दल विभाजनकै लागि ल्याएको पुष्टि भएको बताएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एकीकृत समाजवादी दर्ता गरे । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् ।

यसले एमाले विभाजन गर्ने उद्देश्यले मात्र अध्यादेश ल्याएको प्रष्ट भएको एमाले नेता अग्नि खरेल बताउँछन् । एमाले निर्वाचन विभागका प्रमुख खरेलले भनेका छन्, ‘प्रतिस्थापन विधेयक संसदमा आउन नपाई अध्यादेश खारेज गरेबाट पनि मुख्य राजनीतिक दललाई विभाजित गर्ने कुत्सीत उद्देश्य मात्र प्रधानमन्त्री देउवाले राखेका ए भन्ने प्रष्ट हुन्छ ।’

अदालतमा विचाराधीन मुद्दालाई समते प्रभाव पार्ने गरी अध्यादेश खारेज गरिएको उनको दाबी छ । पूर्व कानुनमन्त्री समेत रहेका खरेलले भने, ‘यो कथित लोकतान्त्रिक गठबन्धनले चलाएको अलोकतान्त्रिक शासन प्रणालीको भद्दा रुप हो, सरकार सञ्चालनको तुच्छ शैली हो ।’ अनलाईनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*