एमालेले एकीकृत कम्युनिष्ट पार्टीको अवधारणा अघि बढाउने, अन्य दलसँग एकता गर्ने
नेकपा एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्बन्धि प्रतिवेदनमा पार्टी भित्र फरक मत नरहेको पनि जनाएको छ ।
सोमबार केन्द्रीय कमिटिको बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘अहिले विशेष गरीकन अहिलेको परिस्थितिलाई हेर्ने दृष्टिकोणको बारेमा यसमा हामीमा कुनै दुविधा छैन । नवौं राष्ट्रिय महाधिवेशनले नै प्रष्ट के भनेको छ भने नेपाली समाज चाँही एउटा पूँजीवाद समाजमा रुपान्तरण ग¥यो भन्ने नवौं महाधिवेशनले भनि सकेको छ । त्यो पूँजीबाद एकदमै विकसित भन्दा पनि पूँजीवादको एउटा प्रारम्भिक चरणमा छ भन्ने कुरा अहिलेको प्रतिवेदनले पनि भनेको छ ।’
६२र६३ को शान्तिपूर्ण जनक्रान्ति र यो बीचमा भएका सशष्त्र संघर्षहरु, विभिन्न समूदायले गरेका आन्दोलनहरु, सात सालको क्रान्ति, ४६ सालको परिवर्तन यी सबैको जगमा नेपालमा एउटा पूँजीवादी जनवादी क्रान्ति भएको छ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।
बैठकले एकीकृत कम्युनिष्ट पार्टी बनाउने पार्टीको मुख्य कार्यभार रहेको निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसँगको छलफललाई अघि बढाउने निर्णय पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले भने, ‘नेकपा एमालेको कार्यभार एकीकृत कम्युनिष्ट पार्टी बनाउने कार्यभार हो । त्यसका निम्ति सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसित त्यो ढंगले कुराकानीहरु अगाडि बढाउनु पर्दछ । र विशेष गरीकन हाम्रो मुख्य प्रतिद्धन्दी, प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धा गर्नका निम्ति अन्य सबै राजनीतिक शक्तिहरुसँग एकतावद्ध हुँदै अगाडि बढने र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने दिशामा नेकपा एमाले अविचलित ढंगले अगाडि बढनु पर्दछ ।’
बैठकले पार्टीको जनवर्गीय संगठनहरुमा देखिएको समस्या पनि तत्काल हल गर्न पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्य दललाई निर्देशन दिएको छ । प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘मोर्चा संगठनहरुमा पनि यसको कार्यान्वयनको निम्ति महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ।संगठन विभाग प्रमुख विष्णु पौडेल, मोर्चा फाँटका गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहेको कार्यदल छ । हाम्रोकुराबाट साभार









