सगरमाथामा आरोहणका क्रममा एक जना आरोहीको मृत्यु

कोल्हवी न्यूज
२०८२ जेष्ठ १, बिहीबार १६:३९ गते

सगरमाथामा आराेहणका क्रममा एक जना आरोहीको ज्यान गएको छ । हिजो बेलुका सगरमाथाको चौथो शिविरमा पुगेका फिलिपिन्सका नागरिक ४५ वर्षका पुरुषको राति ज्यान गएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हिजो बेलुका ८ बजेतिर थकित रूपमा चौथो शिविर पुगेका राहदानी नम्बर पी–६११२७८५–ए भएका ४५ वर्षीय फिलिप नागरिक स्यान्टियागाेको राति ८ बजेतिर ज्यान गएको हो । उनको शव चौथो शिविरमै रहेको र उद्धारको प्रयास भइरहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*