जितेन्द्र सोनल भए लोसपाको प्रदेश २ मा संसदीय दलको नेता

कोल्हवी न्यूज
२०७८ आश्विन १२, मंगलवार ०७:०० गते

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्। सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय ९मत० बुझेका थिए।

जसअनुसार सोनलको पक्षमा ९ सांसदले मत दिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिए। एक जनाले तटस्थ बस्ने बताएका थिए।

त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निर्णय लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसदबीच सुनाएका थिए। सोनल यसअघि साविकको राजपा नेपालको पनि प्रदेश २ संसदीय दलको नेता थिए।

उनले प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए। केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षको भन्दै उनलाई सरकारबाट हटाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*