आईपीएलमा सनराइजर्स हैदराबादको दोस्रो जित

कोल्हवी न्यूज
२०७८ आश्विन १२, मंगलवार ०६:५० गते

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो । सनराईजर्सले १६५ रनको लक्ष्य १८।३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । जेसन रोयले हैदराबादबाट डेब्यु गरेका थिए ।

जसमा रोयले अर्धशतक बनाए भने ऋिद्धिमान साहसँग् मिलेर पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरे । त्यसैगरी कप्तान केन विलियमसनसँग रोयले अर्को अर्धशतकीय साझेदारी गरेका थिए । रोयले ४२ बलमा ६० रनको पारि खेले । साह १८, विलियमसन ५१ र अभिषेक शर्माले २१ रन बनाए ।

पहिला ब्याटिङ गरेको राजस्थानका लागि कप्तान सन्जु सामनसले उत्कृष्ट पारि खेल्दै ५७ बलमा ८२ रन बनाए । यसैगरी यशस्वी जायसबाले ३६ रन बनाएका थिए । अन्तिम २ ओभर भने राजस्थानको खराब रह्यो ।

उसले जम्मा ११ रन जोडेको थियो । सिद्धार्थ कौलले अन्तिम ओभरमा ४ रन दिएर २ विकेट लिएका थिए । जसमा सन्जु सामसन र रियान पराग आउट भएका थिए । सनराईजर्स अंक तालिकाको अन्तिम स्थानमा रहेको छ । यो सिजनको दोस्रो जित हो । राजस्थानले १० खेल खेल्दा छैटौं हार व्यहोरेको छ । उ ८ अंकसहित तालिकको छैटौं स्थानमा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*