आयुर्वेद स्वास्थ्य शिविरमा २ सय १० जनाको स्वास्थ्य परिक्षण

कोल्हवी न्यूज
२०७८ आश्विन १०, आईतवार ११:४९ गते

हेटौंडा १३ पदमपोखरी स्वास्थ्य केन्द्रमा भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय १० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी र लियो क्लब अफ हेटौंडा भुटनदेवीको आयोजनामा पञ्चमुर्ति आयुर्वेद क्लिनिकको प्राविधिक सहयोग, निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको पञ्चमुर्ति आयुर्वेद क्लिनिकका संचालक डा. नितेश गिरीले जानकारी दिए ।

शनिबार सम्पन्न एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा जीवनशैली जन्य रोग, पेट सम्बन्धि रोग, हाडजोर्नी नशा तथा बाथ रोग, श्वास सम्बन्धि रोग, छाला रोग, गुद्धार सम्बन्धि रोग, पुरुष सम्बन्धि रोग तथा महिला सम्बन्धि रोगहरुको निशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण गरिएको थियो ।
कार्यक्रम हेटौंडा १३ का वडाध्यक्ष्य मनोज वाइवाको अध्यक्षतामा भएको थियो भने, लायन्स क्लब अफ हेटौंडा भुटनदेवीका पदाधिकारी, लियो क्लब अफ हेटौंडा भुटनदेवीका पदाधिकारी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*