अदालत कक्षमै गुन्डाको गोली हानी हत्या

कोल्हवी न्यूज
२०७८ आश्विन १०, आईतवार ०८:१९

भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालत कक्षभित्रै वकिलको भेषमा आएका दुईजना पुरुषले कुख्यात गुन्डाको गोली हानी हत्या गरेका छन् ।

रोहिणीस्थित अदालत कक्षमा तिनीहरूले गुन्डा जितेन्दर मान गोगीमाथि गोली प्रहार गरेका हुन् । घटनाको समयमा गोगीविरुद्धको मुद्दाको सुनवाइ भइरहेको थियो ।

सरकारी अधिकारीहरूले जनाएअनुसार प्रहरीले तत्काल जवाफी फायर गर्दा तिनीहरूको पनि घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले प्रतिद्वन्द्वी समूहले सो आक्रमणको योजना बनाएको हुनुपर्ने अनुमान गरेको छ ।

गोगी दिल्ली प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए । उनीविरुद्ध अन्य राज्यमा समेत दर्जनौं हत्या, अपहरण र जालसाजीको अभियोग दायर गरिएको थियो ।

यस घटनाले दिल्लीका अदालतहरूभित्रको सुरक्षा व्यवस्थामाथि नै प्रश्न खडा गरिदिएको छ । एकजना वरिष्ठ राजनीतिज्ञले यस घटनाले सुरक्षा योजनामा ठूलो त्रुटि भएको देखाएको प्रतिक्रिया दिएका छन् ।

हत्या र जबर्जस्ती रकम असुलीको आरोपमा गत वर्षको मार्चमा गोगीलाई दिल्लीमा गिरफ्तार गरिएको थियो । अपराधको दुनियाँमा रातारात माथिल्लो स्थानमा पुगेका उनी थप्रै अन्य अपराधिक समूहको पनि तारो रहेको अधिकारीहरूले बताएका छन् ।

उनले हरियाणा राज्यमा एकजना चर्चित गायकको पनि हत्या गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*