कस्तुप र देविको स्वर, चिरञ्जीवी र निरुताको अभिनयमा दशैंको गीत

कोल्हवी न्यूज
२०७८ आश्विन १०, आईतवार ०८:१६ गते

‘दशै तिहार आयो आगन, कस्को दैलो जाउँला बरै खुसि मागन’ यो शब्द गाएका छन् गायक कस्तुप पन्त र देवि घर्तीले। नेपालीहरुको महान चाड दशैं तिहार आउँदा दशैंका गीतहरु पनि बजारमा आउन थालेका छन्।

दशैं भनेपछि दुःख व्यथा विसाउने र मिठोमसिनो खाने पर्व भनेर बुझिन्छ। गायक पन्तले पनि दशैमा गरिब हुनुको पीडालाई देखाएर शब्द लेखेका छन्।

उक्त दशै तिहारको गीतमा चिरञ्जीवी सापकोटा र निरुता शाहीले जीवन्त अभिनय गरेका छन्। गरिब भएपछि छोराछोरीको अपेक्षाहरु पुरा गर्न नसक्दा बाबुआमाको मन कति खान्छ भन्ने उक्त अभिनयबाट देखिन्छ।

सिर्जन बरालले निदेशन गरेको उक्त गितमा केशब सापकोटाको संगित रहेको छ भने आश्चार्य पन्तले बाल अभिनय गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*