नेपालले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

कोल्हवी न्यूज
२०७८ आश्विन १०, आईतवार ०८:१४ गते

नेपाली राष्ट्रिय फुटबल टोलीले आज ९आइतबार० ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।

साफको तयारीका लागि नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

यस अघि नेपालले घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो।
नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुँदै छ। नेपालले आफ्नो पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्दै छ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ ९असोज १५० मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

नेपालले श्रीलंकासँग अक्टोबर ४ ९असोज १८०मा दोस्रो तथा भारतसँग अक्टोबर १० ९असोज २४०मा तेस्रो खेल खेल्नेछ। लिग चरणको अन्तिम खेलमा नेपालले अक्टोबर १३ ९असोज २७०मा बंगलादेशमो सामना गर्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ ९असोज ३०० मा प्रतिस्पर्धा गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*