एमालेलाई आगामी निर्वाचनपछि टर्च बालेर खोज्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको आरोप लगाए । आफ्नै अमंताको कारण सत्ताबाट बाहिरिएपछि गालीगलौजमा उत्रिएको दाबी गरे ।
ओलीले तानाशाही प्रवृत्ति देखाएकाले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने बताए । नेता नेपालले सुदुर पश्चिम, कर्णाली र प्रदेश २ मा नेकपा एमालेभन्दा आफ्नो पार्टी अगाडी रहेको भन्दै वाग्मती र प्रदेश १ मा छिट्टै गठबन्धनको सरकार बन्ने दाबी गरे ।










